Logo

सनराइजको दशौं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित

सनराइजको दशौं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित


बिजखबर संवाददाता
27
Shares

काठमाण्डौं । सनराइज बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आफ्ना सेयरधनीका लागि १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सनराइज बैंक तथा बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेडको २०७४ असार मसान्तसम्मको वासलात तथा आ.व. २०७३÷७४ को नाफा–नोक्सान हिसाव र नगद प्रवाहसहितको एकिकृत वित्तीय विवरण स्वीकृत गर्ने पारित गरेको हो ।

गत वर्षको मुनाफा एवं अन्य जगेडा कोषहरु तथा बैंकले जारी गरेको हकप्रद शेयर बिक्री नभएको ७ लाख १० हजार ७ सय ४३ कित्ता शेयरलाई लिलाम बिक्री गरी बाँडफाँड गरिएको शेयर समेतलाई गरी शेयरधनीहरुलाई रु. १ अर्ब ६ करोड बराबर बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सोमबार सम्पन्न सभाबाट बैंकको चुक्ता पूँजी रू. ८ अर्ब भन्दा बढी पुगेकोे छ । यसका सथै उक्त वार्षिक साधारण सभाले निर्वाचन सम्पन्न नभए सम्मका लागि संस्थापक शेयरधनी समुह “क” को तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुलाई संचालक समितिमा निरन्तरता दिने प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ ।

बैंकको हाल शाखाहरुको संख्या ७० र एटिएमको संख्या ८७ रहेको छ । जसमध्ये काठमाडौं उपत्यका भित्र २९ शाखाहरु र उपत्यका बाहिर ४१ शाखाहरु रहेका छन् ।

बैंकले सनराइज सेफ डिपोजिट लकर सुविधा, भिसाडेबिट कार्ड, मोबाइल बैंकिङ, ईन्टरनेट बैंकिङ, रेमिट्यान्स, सनराइज माइक्रो बैंकिङ लगायत सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL