Logo

३ बर्षमा दोब्बरले बढ्यो सवारी कर्जा, ३ महिनामै १५२ अर्ब लगानी

३ बर्षमा दोब्बरले बढ्यो सवारी कर्जा, ३ महिनामै १५२ अर्ब लगानी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । पछिल्लो समय सवारीसाधन कर्जा उच्च रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पछिल्लो ३ बर्षमा हायर पर्चेज (सवारीसाधन कर्जा) दोब्बरले बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको पहिलो ३ महिनामा नेपालका बैंक वित्तीय संस्थाले हायर पर्चेजमा कुल १ अर्ब ५१ अर्ब ९० करोड रुपैयाँ लगानी गरिसकेका छन् । यो रकम पछिल्लो ३ बर्षको तुलनामा दोब्बरले बढी हो ।

आर्थिक बर्ष २०७२÷७३ को पहिलो ३ महिनामा बैंक वित्तीय संस्थाले सवारीसाधन कर्जामा कुल ७६ अर्ब ४० करोड रुपैयाँ प्रबाह गरेका थिए । यसैगरी गत आबको पहिलो ३ महिनामा १ खर्ब १० अर्ब प्रबाह गरेकोमा चालू आबको पहिलो ३ महिनामा आईपुग्दा उच्च रुपमा बढ्दै १ खर्ब ५१ अर्ब ९० करोड रुपैयाँ पुगिसकेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

राष्ट्र बैंकले चालू आबको मौद्रिक नीतिमार्फत सवारीसधान कर्जामा खुकुलो गरेसँगै यस्तो कर्जा उच्च रुपमा बढेको हो । राष्ट्र बैंकले चालू आबबाट ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत पुर्याएको छ । जसले गर्दा पनि सवारी क्षेत्रमा जाने कर्जा उच्च रुपमा बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसैगरी मौद्रिक नीतिले विद्यतीय सवारीसाधन खरिदमा ८० प्रतिशतसम्म कर्जा प्रबाह गर्न पाउने ब्यवस्था गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL