Logo

प्रभु बैंकको औपचारिक कारोवार सुरु

प्रभु बैंकको औपचारिक कारोवार सुरु



काठमाडौं, ३० भदौ । आजदेखि प्रभु बैंकको कारोवार सुरु भएको छ । किस्ट बैंक, प्रभु विकास बैंक, गौरिशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स मर्ज भएर प्रभु बैंकको नामवाट कारोवार सुरु भएको हो । मर्जर भएका संस्थामध्ये प्रभुको नामवाट कारोवार भएको छ भने बैंकको लागो किस्टको राखिएको छ । बैंकको प्रधान कार्यालय किस्ट बैंक रहेकै भवनमा रहेको छ ।

Prabhu Bank Corporate Office

मर्जर पछि बैंकको चुक्ता पूजी ३ अर्ब २० करोड ८८ लाख रुपैयाँ पुग्ने छ । स्वाप रेरियो कम भएको कारण किस्ट र जेनिथको पूजी कम हुदा चार संस्था मर्जर पछि बैंकको चुक्ता पूजी केहि कम भएको हो । मर्जरको लागि किस्टको स्वाप रेसियो ९७ दशमलब ३१ प्रतिशत कायम गरिएको थियो । यो रेसियो अनुसार कूल चुक्ता पूजीमा किष्ट बैंकको तर्फवाट १ अर्ब ८४ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

Grand Opening Prabhu Bank

यस्तै प्रभु विकास बैंक र गौरीशंकर डेभलपमेन्ट बंैकको स्वाप रेसियो १०७ दशमलब ३१ प्रतिशत तय भएको छ । यो रेसियो अनुसार प्रभुको तर्फवाट कुल चुक्तापूजीमा ८२ करोड १८ लाख र गौरिशंकरको तर्फवाट २२ करोड ५३ लाख रुपैयाँ रहेको छ । जेनिथ फाइनान्सको स्वाप रेसियो ९२ दशमलब ३१ प्रतिशत कायम गरिएको छ । यो रेसियो अनुसार जेनिथको तर्फवाट १९ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

Slogan Prabhu Bank

प्रभु बैंकको निक्षेप साढे ३२ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ भने कर्जा लगानी २३ अर्ब रुपैयाँको हाराहारीमा पुगेको बैंकले जानकारी दिएको छ । बैंकको शाखा संख्या १ सय १२ पुगेका छन् । प्रभु बैंकमा कर्मचारीको संख्या १ हजार २ सय हुने छ । किस्ट बैंक र प्रभु विकास बैंकको शाखा संख्या पहिला नै धेरै भएको र गौरिशंकर र जेनिथ पनि मर्ज भएको कारण मर्जर पछि बैंकको शाखा संख्या धेरै हुने भएको हो । यस्तै चारवटा संस्था एक आपसमा गाभिएपछि कर्मचारी संख्या पनि बढी भएको हो ।

बैंकको संचालक समिति अध्यक्ष देबी भट्टचन रहेका छन् । यसअघि उनी प्रभु विकास बैंकका अध्यक्ष थिए । यस्तै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कुमार लम्सालले सम्हालेका छन् । लम्साल यसअघि किस्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।

Kumar Lamsal

 

प्रतिक्रिया दिनुहोस्
MBL