Logo

एभरेष्ट बैंकले शुरु गर्यो नयाँ र्भसनको इन्टरनेट बैंकिङ

एभरेष्ट बैंकले शुरु गर्यो नयाँ र्भसनको इन्टरनेट बैंकिङ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एभरेष्ट बैंकल नयाँ भर्सनको इन्टरनेट बैंकिङ सेवा संचालनमा ल्याएको छ । पछिल्लो समयमा ई–बैंकिङ सेवामा बिभिन्न किसिमका अबरोध आइरहेका बेला एभरेष्टले नयाँ भर्सनको बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

नयाँ भर्सनबाट कारोवार गर्दा कारोवार सुरक्षित हुनुको साथै पहिलाको तुलनामा थप सुरक्षाका उपकरण थपिएका छन् । जसमा युजर आईडीसँगै क्याप्चाको प्रयोग गरिएको छ भने, फोटो सेन्सर देखि एक पटक मात्रै पासवार्ड प्रयोगर्न सक्ने बनाईएको छ ।

ग्राहकले आफ्नो युजर नेम र पासवर्ड लिन, मोवाइल बैंकिङमा रजिष्टर्ड गर्न बैंकसम्म जानु पर्ने छैन बैंकले नै इमेल मार्फत यी सबै सुबिधा दिने छ ।

बैंकले कर्पोरेट हाउसहरुलाई मध्येनजर गर्दै कर्पोरेट इन्टरनेट बैंकिङ सर्भिस सेवा प्रदान गर्दै आएको छ । उक्त सेवाले व्यापार तथा कर्पोरेट हाउस समाल्हन र आन्तरिक रुपमा अकाउन्ट मिलाउन सघाउ पुर्याउँछ । यसको प्रयोगले तलब, भुक्तानी बाडेको, एलसी, फिक्स डिपोजिट लगायतका खाताहरु व्यवस्थापनमा सहयोग पुर्याउने बैंकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL