Logo

नेपाल बङ्गलादेश बैंकले पारित गर्यो १५ प्रतिशत बोनस, संचालकमा चुनिए ६ जना

नेपाल बङ्गलादेश बैंकले पारित गर्यो १५ प्रतिशत बोनस, संचालकमा चुनिए ६ जना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको बार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई दिने बोनस सेयर तथा नगद लाभांश पारित गरेको छ । बैंकको आईतबार सम्पन्न साधारणसभाले १२ प्रतिशत बोनस शेयर र ३ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

बोनस सेयर स्वीकृति भएसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ । यसैगरी बैंक साधारणसभाले आफ्नो सहायक कम्पनी मर्चेन्ट बैंकिङ्ग समेत स्थापना गर्ने निर्णय गरेको छ ।

उक्त साधारणसभाले बैंक संचालक समेत चयन गरेको छ । जसमा संस्थापक सेयरधनीका तर्फबाट जलाल अहमद, मोहमद साह आलम सरवार र मनिरुल इस्लाम निर्विरोध निर्वचित भएका छन् । यसैगरी, सर्वसाधारण सेयरधनीका तर्फबाट इन्द्रबहादुर थापा, दीपक कार्की र मुकुन्दनाथ ढुंगेल सञ्चालक समितिमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL