Logo

गोरखामा खुल्यो साधना लघुवित्त, सोमबारदेखि सेवा शुरु

गोरखामा खुल्यो साधना लघुवित्त, सोमबारदेखि सेवा शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गोरखाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेड स्थापना भएको छ । सोमबार एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य रामजी रेग्मीले सो संस्थाको उद्दघाटन गरे ।

रेग्मीले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउनका लागि वित्तीय संस्थाहरुले लक्ष्यमा रहेर काम गर्नुपर्ने बताए । साथै  वित्तीय संस्थाको मूल लक्ष्य सबै जनतालाई बैकिङ पहुँचमा पु¥याउने हुनुपर्ने धारणा व्यक्त गरे ।

ग्रामीण क्षेत्रको उत्पादनलाई आर्थिक विकासमा रुपान्तरण गर्नका लागि वित्तीय संस्थाको महत्वपूर्ण भूमिका रहेको र पर्यटनको प्रर्बद्धनका लागि वित्तीय संस्थाले लगानी गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा रेग्मीले नेपालको गरिबी निवारणका लागि लघुवित्त संस्थाले महत्वपूर्ण काम गरिरहेको वताउँदै लघुवित्तहरुलाई गाउँ घर केन्द्रित भएर कारोवार गर्न आग्रह समेत गरे ।

नेपाल अवसरै अवसरको देश भएकोले युवाहरु रोजगारीका लागी विदेशिनु नपर्ने तर यहाँ भएको अवसरलाई प्रयोग गरी उद्यमशिलताको विकासमा जोड दिनुपर्ने औल्याए ।

त्यस्तै कार्यक्रममा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले गोरखावासीहरुको क्रियशिलतामा स्थापित यस वित्तीय संस्थाले पिछडिएका वर्गहरुमा वित्तीय साक्षरता प्रदान गर्दै ब्यवसायिक सफलताको लागि शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा गोरखा नगरपालिकाका उपमेयर विनाकुमारी श्रेष्ठले महिला शशक्तिकरण गर्न र पूंजीको अभावमा ब्यवसाय शुरु गर्न नसक्ने समूदाय हरुलाई यस साधना लघुवित्त सहयोगी रहने विश्वास ब्यक्त गरिन् ।

त्यसैगरी प्राइम कमर्सियल बैंकका सञ्चालक नवराज बजगांई, नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष प्रिय राज रेग्मी, गोरखा जिल्लाको स्वास्थ्य क्षेत्रमा अतुलनिय सेवा पु–याउने मोरिट मोडुलर, समाजसेवी दिल वहादुर वस्नेतले वित्तीय संस्थाको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL