Logo

जेएमई र निर्धनबीच सम्झौता ,जेएमइमार्फत पठाएको रकम बैंकबाट भुक्तानी गर्न सकिने

जेएमई र निर्धनबीच सम्झौता ,जेएमइमार्फत पठाएको रकम बैंकबाट भुक्तानी गर्न सकिने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
२३ माघ, काठमाडौं । जापान मनि एक्प्रेस (जेएमई)र निर्धन उत्थान बैंक लिमिटेडबीच   रेमिट्यान्स सम्झौता भएको छ ।

शुक्रवार बैंकका महाप्रवन्धक भोजराज बस्याल र जेएमईका व्यापार विकास महाप्रवन्धक प्रताप श्रेष्ठले रेमिट्यान्स सहकार्यसम्वन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै बैंकको सम्पूर्ण शाखा तथा जेएमइको १ हजार ४ सय एजेण्टबाट जेएमइमार्फत पठाएको रकम भुक्तानी गर्न सकिने बताइएको छ ।

बैंकसँगको सम्झौता अनुसार विदेशबाट भित्र्याउने रेमिट्यान्सको साथै आन्तरिक रेमिट्यान्स समेत गर्न सकिने जानकारी जेएमईका प्रबन्धक श्रेष्ठले दिए ।
अव जेएमई रेमिट मार्फत नेपालको ७५ वटै जिल्लामा सेवा लिन सकिने भएको छ ।

सम्झौतापछि जेएमईका प्रबन्धक श्रेष्ठले विदेशवाट पठाएको पैसालाई सेवाग्राहीसम्म पु¥याउन थप सहज भएको जानकारी दिए । साथै आगामी दिनमा रेमिट्यान्स कारोवारलाई जनस्तरमा वैकिङ च्यानलबाट पु¥याउन जेएमई रेमिट क्रियाशिल रहने बताए ।

जेएमई विगत पाचँ बर्षदेखि जापानबाट रेमिट्यान्स भित्र्याउने नेपालको पहिलो कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL