Logo

हिमालयन बैंकको नाफा ५९ करोड, खराव कर्जा उठौतीमा सुधार

हिमालयन बैंकको नाफा ५९ करोड, खराव कर्जा उठौतीमा सुधार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२३ माघ, काठमाडौं । हिमालयन बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ५८ करोड ९५ लाख खुद मुनाफा आर्जन गरेको छ । यो रकम गत बर्षको सोही अवधिको तुलनामा साढे ४ करोड रुपैयाँ बढी हो । बैंकले गत आवको पुस मसान्तसम्ममा ५४ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो । हाल बैंकको चुक्ता पूँजी ३ अर्व ३३ करोड रुपैयाँ रहेको छ ।

बैंकको खराव कर्जा उठौती तथा कर्जा प्रवाहमा बृद्धि भएपछि नाफा पनि बढेको हो । बैंकको गतआवको दोस्रो त्रैमासमा खराव कर्जा कुल कर्जा प्रवाहको ३ दशमलव ४६ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा आइपुग्दा २ दशमलव १२ प्रतिशतमा झरेको छ ।

यस्तै, कर्जा निक्षेप अनुपात बढेर ७६ दशमलव ३० प्रतिशतमा पुगेको छ । गत अवको पुस मसान्तमा बैंकको सीडी रेसियो ६९ दशमलव ५१ प्रतिशत मात्र रहेको थियो । हाल बैंकले ६७ अर्व निक्षेप संकलन गरेको छ भने ५२ अर्व ९४ करोड कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा बैंकले १ अर्व २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको वेस रेट ७ दशमलव ०५ प्रतिशत रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL