Logo

जनता बैंकको नाफा बढ्यो, पुससम्म १० करोड नाफा

जनता बैंकको नाफा बढ्यो, पुससम्म १० करोड नाफा


रामराजा श्रेष्ठ
0
Shares

बिखजबर संवाददाता

२१ माघ, काठमाडौं । जनता बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १० करोड नाफा कमाएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा उल्लेख्य बृद्धि हो । गत आवको सोही अवधिमा बैंकले १ करोड २६ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । हाल बैंकको चुक्ता पूँजी २ अर्व ६ करोड रुपैयाँ रहेको छ ।

राइटब्याक उठेपछि बैंकको नाफामा बृद्धि भएको हो । बैंकले सो अवधिमा ११ करोड ५८ लाख रुपैयाँ राइटब्याक उठाएको छ । यस्तै, बैंकको खराव कर्जा अनुपात पनि घटेको छ । गत वर्षको पुसमा बैंकको खराव कर्जा कुल कर्जाको १ दशमलव १० प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा जिरो दशमलव ८६ प्रतिशत मात्र रहेको छ ।

बैंकको व्याज आम्दानी पनि बढेको छ । सो अवधिको बैंकको खुद ब्याज आम्दानी २५ करोड रुपैयाँबाट बृद्धि भएर ३१ करोड रुपैयाँ पुगेको छ । यस्तै वेस रेट पनि घटेर ८ दशमलव ५३ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL