Logo

एभरेष्टको नाफा रू. १० करोडले बढ्यो, पुससम्म ७७ करोड नाफा

एभरेष्टको नाफा रू. १० करोडले बढ्यो, पुससम्म ७७ करोड नाफा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१५ माघ, काठमाडौं । एभरेष्ट बैंकले चालू आवको पुस मसान्तसम्ममा ७७ करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ । सो नाफा बैंकको गत आवको सोही अवधिको तुलनामा झण्डै १० करोड रुपैयाँले बढी हो । गत आवमा बैंकले ६७ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको चुक्ता पूँजी २ अर्व १३ करोड रुपैयाँ रहेको छ ।

बैंकले हालसम्म ७० अर्व रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५४ अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराव कर्जा कुल कर्जा प्रवाहको जिरो दशमलव ६५ प्रतिशत मात्र रहेको छ भने कर्जा निक्षेप अनुपात ७८ दशमलव ९२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL