Logo

एनएमबि बैंकको नाफा २७ प्रतिशतले बढ्यो, पुस मसान्तसम्म २७ करोड नाफा

एनएमबि बैंकको नाफा २७ प्रतिशतले बढ्यो, पुस मसान्तसम्म २७ करोड नाफा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१५ माघ, काठमाडौं । एनएमबि बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्म नाफामा उच्च बृद्धि गरेको छ । बैंकले सो अवधिमा कुल २७ करोड नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा झण्डै २७ प्रतिशतले बढी हो । बैंकले गत आवको सो अवधिमा १९ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको चुक्ता पूँजी २ अर्व ४० करोड रुपैयाँ रहेको छ ।

बैंकको खराव कर्जा उठौती दर र कर्जा प्रवाहमा बृद्धि भएसँगै नाफामा पनि बृद्धि भएको हो । गत आवको पुस मसान्तमा बैंकको खराव कर्जा कुल कर्जाको १ दशमलव ५८ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा ० दशमलव ६० प्रतिशत मात्र रहेको छ ।

यस्तै बैंकको कर्जा प्रवाहमा पनि बृद्धि भएर कर्जा निक्षेप अनुपात ७९ दशमलवल ७५ प्रतिशत रहेको छ । बैंकको गत आवको सोही अवधिमा सीडी रेसियो ७३ दशमलव ६४ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL