Logo

कन्ट्री डेभलपमेन्ट बैंकको नाफा साढे ४ गुणाले बढ्यो, खराव कर्जा उठौतीमा सुधार

कन्ट्री डेभलपमेन्ट बैंकको नाफा साढे ४ गुणाले बढ्यो, खराव कर्जा उठौतीमा सुधार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१४ माघ, काठमाडौं । कन्ट्री डेभलपमेन्ट बैंकको नाफामा उल्लेख्य बृद्धि भएको छ । बैंकले चालू आवको पुस मसान्तसम्ममा १ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा झण्डै साढे ४ गुणाले बढी हो । बैंकले गत आवको सोही अवधिको २२ लाख ७१ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।

बैंकले खराव कर्जा उठौतीमा उल्लेख्य सुधार गरेपछि बैंकको नाफा बढेको हो । गत आवको पुस मसान्तसम्ममा बैंकको खराव कर्जा कुल कर्जाको ५ दशमलव ३३ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा झरेर २ दशमलव ७३ प्रतिशतमा झरेको छ ।

यसैगरी, बैंकको कर्जा प्रवाह पनि बढेको छ । गत आवमा कर्जा निक्षेप अनुपात ७१ दशमलव ४६ प्रतिशत रहेकोमा चालू आवमा आएर ७७ दशमलव ३५ प्रतिशत पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL