Logo

उपत्यकामा एभरेष्टको थप ३ एटीएम, एटीएम संख्या ८० पुग्यो

उपत्यकामा एभरेष्टको थप ३ एटीएम, एटीएम संख्या ८० पुग्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३० पुस, काठमाडौं । एभरेष्ट बैंकले काठमाडौं र ललितपुरमा गरी एकैसाथ थप तीन एटीएम विस्तार गरेको छ ।

बैंकले उपत्यकाको पुतलीसडकस्थित सेयरमार्केट कम्प्लेक्स,त्रिपुरेश्वर र पाटनको मंगलबजारमा एटीएम स्थापना गरेको हो । बुधवार एक कार्यक्रमविच बैंकका वरिष्ठ सञ्चालक अरुणमान शेरचनले ती एटीएमको उद्दघाटन गरे ।

सो अवसरमा विशिष्ट व्यक्तित्व तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकको एटीएम संख्या ८० पुगेको छ । बैंकको हाल ५३ शाखा र पाँच एकस्टेन्सन काउन्टर सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL