Logo

एनसीसी बैंकद्धारा १६ औं साधारण सभा स्थगित

एनसीसी बैंकद्धारा १६ औं साधारण सभा स्थगित


रामराजा श्रेष्ठ
27
Shares

बीजखबर संवाददाता

९ पुस, काठमाडौ ।नेपाल कमर्स एन्ड क्रेडिट बैंक (एनसीसी) ले आगामी पुस ३० गतेका लागि तय भएको १६औं र १७औं वार्षिक साधारणसभा स्थगित गरेको छ । बैंकले बुधबार बिहान नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाई साधारणसभा स्थगित गरेको जानकारी गराएको हो ।

बैंकले अर्को सूचना प्रकाशित नभएसम्म साधारणसभासम्बन्धी कुनै कामकारबाही नहुने र बुक क्लोजको मिति पनि स्थगित भएको जनाएको छ । नेप्सेले मंगलबार एनसीसी बैंककी बिनु श्रेष्ठले बेचेको सेयरको हक हस्तान्तरण समस्या समाधान हुन बाँकी रहेकाले साधारणसभा स्थगित गर्न आग्रह गरेको थियो । सोही आग्रहअनुसार बैंकले वार्षिक साधारणसभा स्थगित गरेको जनाएको छ ।
बिनु श्रेष्ठ एनसीसी बैंकका प्रवद्र्धक लक्ष्मीबहादुर श्रेष्ठकी पत्नी हुन् । उनले बेचेको एनसीसी बैंकको १ लाख ७ हजार कित्ता सेयर खरिदकर्ताहरूको नाममा हक हस्तान्तरण नसकेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL