Logo

कर्पोरेट डेभलपमेण्ट बैङ्क समस्याग्रस्तको सुचीमा, सुधारका लागि ६ महिनाको समय

कर्पोरेट डेभलपमेण्ट बैङ्क समस्याग्रस्तको सुचीमा, सुधारका लागि ६ महिनाको समय


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । उसले बैंकलाई सुधारका लागि ६ महिनाको समय दिएको छ । राष्ट्र बैंकको बिहीबार साँझ बसेको सञ्चालक समितिको वैठकले बैंकलाई समस्याग्रस्त घोषणा गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहन कुमार श्रेष्ठले जानकारी दिए  ।

उनका अनुसार बैंकको वित्तीय अवस्था निकै खराव हुँदै गएकोले समस्याग्रस्त गर्नुपरको हो । ‘सर्वसाधारणको जोखिम संकटमा पर्न सक्ने भएकाले राष्ट्र बैंकले समस्या ग्रस्त घोषणा गरेको हो,’ उनले भने । राष्ट्र बैंकले झण्डै डेढ वर्ष अघि बैंकलाई शिध्र सुधारात्मक कारवाही गरेको थियो ।

बैंकको केन्द्रिय कार्यालय पर्साको वीरगञ्जमा रहेको छ । बैंकले हालसम्म ८१ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४३ करोड २४ लाख कर्जा प्रवाह गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL