Logo

सिटिजन्स बैंक र अरोगिन हेल्थ केयरबीच सम्झौता, बैंकका ग्राहकलाई अरोगिनमा ४५ प्रतिशत छुट

सिटिजन्स बैंक र अरोगिन हेल्थ केयरबीच सम्झौता, बैंकका ग्राहकलाई अरोगिनमा ४५ प्रतिशत छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बिशालनगर, काठमाडौं स्थित अरोगिन हेल्थ केयरबचि सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिनेगरी दुई निकायबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले अरोगिन हेल्थ केयरमा ४५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL