Logo

सिटिजन्स बैंक र ओरिएन्ट क्याफेबीच सम्झौता, बैंकका कार्डवाहक ग्राहकलाई क्याफेमा १५ प्रतिशत छुट

सिटिजन्स बैंक र ओरिएन्ट क्याफेबीच सम्झौता, बैंकका कार्डवाहक ग्राहकलाई क्याफेमा १५ प्रतिशत छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र दरबारमार्ग स्थित ओरिएन्ट क्याफेबीच सम्झौता भएको छ । बैंकका कार्डबाहक ग्राहकहरूलाई क्याफेका सेवाहरुमा विशेष छुट दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले ओरिएन्ट क्याफेमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १५ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL