Logo

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा ऋणपत्र जारी, विक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा ऋणपत्र जारी, विक्रि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि. ले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी २ अर्ब ४ करोड रकम बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

उक्त ऋणपत्र जारी गर्नका लागि बैंकले सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृती प्राप्त गरिसकेको छ । यो ऋणपत्रको प्रति इकाई मुल्य रु.१०००÷ रहनेछ र ऋण पत्रको अवधि ५ वर्ष हुनेछ । यससम्बन्धी सम्पूर्ण कार्य एनआइबिएल एस क्यापिटलले गर्ने गरी सम्झौता भएको छ ।

ऋणपत्रको लागि व्यक्ति र निजी संस्थाहरु जो नियमित आय आर्जन गर्न चाहन्छन्, उनीहरुले दरखास्त दिन सक्नेछन् । निष्कासन हुने कूल रकम मध्ये १.४४ अर्ब बराबरको ऋणपत्र निजी तवरमा र ९६ करोड बराबरको ऋणपत्र सर्वसाधारण लगायत म्युच्युअल फण्डहरुको लागि शेयर आव्हान पत्र जारी गरेर बाँडफाँड गरिनेछ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल हाल नेपालमा संचालित एकमात्र अन्तर्राष्ट्रिय बैंक हो । साथै नेपालमा आइसिआरए नेपालद्वारा ICRANP-IR AAA श्रेणीका साथ समयमै वित्तीय दायित्वहरु प्रदान गर्ने सुरक्षित बैंकको रुपमा मान्यता दिइएको छ । हालैमात्र यो बैंकले न्यू बिज सम्मेलनमा बेस्ट म्यानेज्ड कमर्सियल बैंक नेपाल–२०२२ को पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL