Logo

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६१.३६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६१.३६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५ लाख रुपैयाँ रहेको छ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७२.३० प्रतिशत बढेको । बैंकको कुल सञ्चालन आम्दानी ५२ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ६१.९१ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १४ रुपैयाँ १४ पैसा बढेर ३७ रुपैयाँ १९ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.४५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ७३ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL