Logo

सिभिल बैंकको नाफा २६.३९ प्रतिशतले वृद्धि, नाफा ६३ करोड ७० लाख

सिभिल बैंकको नाफा २६.३९ प्रतिशतले वृद्धि, नाफा ६३ करोड ७० लाख



काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। दोस्रो त्रैमाससम्ममा बैंकले ६३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

laxmi

यो गत आर्थिक वर्ष सोही अवधिको तुलनामा २६.३९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २५ करोड २२ लाख रुपैयाँ रहेको छ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५३.९० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३७.४२ प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा २८.५० प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५ करोडबाट बढेर ४५ करोड २३ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३८ पैसा बढेर १४ रुपैयाँ ४ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ९६ पैसा रहेको छ। सिभिल बैंक हिमालयन बैंकसँग १०० बराबर ८०.२८ अनुपातमा मर्ज हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL