Logo

प्रभु बैंकको नाफा १ अर्ब २० करोड, यस्ता छन् अन्य सूचक

प्रभु बैंकको नाफा १ अर्ब २० करोड, यस्ता छन् अन्य सूचक



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एक्वायर गरेर गत पुस २६ गतेदेखि एकीकृत कारोबार सुरु गरेको प्रभु बैंकले एक अर्ब १९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा प्रभुले एक अर्ब २६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

laxmi

खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी र कुल सञ्चालन आम्दानी बढेपनि गत आर्थिक वर्षमा रिभर्स भएको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षमा ४२ करोड ६७ लाख रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३६ करोड ४२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा रिभर्स भएको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षमा ४२ करोड ६७ लाख रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा र खुद नाफा घटेको हो । यद्यपि बैंकको खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी भने बढेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २०.०३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १५.७३ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १२.५२ प्रतिशत घटेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ९ रुपैयाँ ६७ पैसा घटेर १० रुपैयाँ १९ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १२ पैसा रहेको छ ।

पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी ८५.२५ प्रतिशत बढेको छ भने जगेडा कोष ४६.६९ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको निक्षेप ५१.६५ प्रतिशत बढेको छ भने कर्जा ६८.७९ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL