Logo

राष्ट्र बैंकको खुकुलो नीति, हट्यो आयातमा नगद मार्जिनको व्यवस्था

राष्ट्र बैंकको खुकुलो नीति, हट्यो आयातमा नगद मार्जिनको व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले लगाउँदै आएको आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिदिएको छ । बिहीबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले हालसम्म लिँदै आएको नगद मार्जिनको व्यवस्था खारेज गरेको हो ।

गत बर्ष पुस ५ र माघ २६ मा परिपत्र जारी गर्दै राष्ट्र बैंकले विभिन्न वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा ५० देखि १ सय प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । उच्च वस्तु आयातका कारण व्यापारघाटामा ठुलो असर परेको भन्दै आयातमा गरिएको कडाईले केहि हदसम्म आयात घटेको थियो ।

राष्ट्र बैंकले अब भने उक्त परिपत्रहरु नै खारेज गरेपछि व्यवसायीहरुले विदेशबाट वस्तु आयात गर्नका लागि नगद मार्जिन राख्न नपर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL