Logo

मधेस प्रदेशमा सिटिजन्स बैंकका थप २ शाखा, मधेस प्रदेशमा शाखा २९ पुग्यो

मधेस प्रदेशमा सिटिजन्स बैंकका थप २ शाखा, मधेस प्रदेशमा शाखा २९ पुग्यो



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा मधेस प्रदेशमा थप दुईवटा शाखा स्थापना गरेको छ ।

बैंकले आफ्नो १८१ औँ तथा १८२ औँ शाखा मधेस प्रदेश अन्तर्गत सर्लाहीको बरहथवामा र वीरगन्जको कृष्ण प्रणामी चोक गरी थप २ वटा शाखाहरू सञ्चालनमा ल्याएको हो ।

यससँगै मधेस प्रदेशको सबै जिल्लामा यस बैंकको उपस्थिति पुगेर जम्मा २९ वटा शाखाहरू सञ्चालनमा रहेका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, १३५ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट करिब १५ लाख २१ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL