Logo

सिद्धार्थ बैंकको नयाँ शाखा थानकोटमा, शाखा संख्या १९४ पुग्यो

सिद्धार्थ बैंकको नयाँ शाखा थानकोटमा, शाखा संख्या १९४ पुग्यो



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बिहीवार काठमाडौंस्थित थानकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले थानकोट क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९४ (४ एक्स्टेन्सन् काउन्टरसहित) पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL