Logo

माछापुच्छ्रे बैंकको साधारण सभा सम्पन्न, तीन जना सञ्चालक निर्वाचित

माछापुच्छ्रे बैंकको साधारण सभा सम्पन्न, तीन जना सञ्चालक निर्वाचित



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको चौबिसौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार काठमाण्डौंमा सम्पन्न भएको साधारण सभाले बैंकको आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन पारित गरेको छ । पहिलोपटक काठमाण्डौँमा आयोजनाभएको बैंकको साधारण सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा.उपेन्द्र महतो, रोशन के.सी. र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्यपदमा निर्विरोध निर्वाचित समेत गरेको छ ।

बैंकले आ. व २०७८/७९ मा रु १.६८ अर्ब खुदमुनाफा आर्जन गर्दै, वासलातको आकारमा १३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । त्यस्तै सोहि अवधिमा बैंकको कुलनिक्षेप रु १५०.१० अर्ब पुगेको छ भने कुलकर्जा रु १३१.२७अर्ब पुगेको छ । यसका साथै गत आ.व बैंकले आफ्नो लगानी २३.०८ प्रतिशतले वृद्घि गरी रु २४.१३ अर्ब पुर्याएको छ भने बैंकको निष्कृय कर्जा अनुपात १.०४ प्रतिशतकायम गर्न सफल भएको छ ।

उक्त साधारणसभामा बोल्दै बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले देशको आर्थिक स्थितीलाई मजबुत बनाउन बैंकको तर्फबाट यथासक्य योगदान पु¥याउने उद्धेश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा बृद्धि गरि कर्जाको गुणस्तरमा सुधार गर्ने बताए । उनले विश्वभरीको आर्थिक संकट आइरहे पनि नेपालको आर्थिक संकटका बेलामा पनि सजक भएर काम गर्न पर्ने बेला आएको बताए ।

कृषि, नविकरणीय उर्जा, सानातथामझौला उद्योग लगायतका क्षेत्रहरुमाआफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राख्दै शेयरधनीहरुलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागि परेको जानकारी गराए । साथै उनले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीति अनुरुप बैंकले मर्जरको लागि प्रयत्न गरिरहेको जानकरी गराउदै बैंक सधैका लागि सकारात्मकरहेको र सोहीबमोजिम छलफलहरु गर्दै आइरहेको जानकारी गराए ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले माछापुच्छ्रे बैंकले हाल देशका सातै प्रदेशमा १६५ शाखा, १५७ शाखा रहित बैंकिङ्ग सेवा, २०६ एटिएम तथा १० एक्सटेन्सन काउण्टरको माध्यमबाट १४ लाखभन्दा बढि ग्राहकलाई सर्वसुलभ, अत्याधुनिक प्रविधियुक्त विश्वासनिय सेवाप्रदानगरिरहेको जानकारी गराए । साथै उनले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङ्गमा जोडदिईरहेको र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिहेको बताए । उक्त साधारण सभामा संस्थापक एंव साधारण शेयरधनिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL