Logo

प्राइम कमर्सियल बैंकको १५ औं साधारणसभा सम्पन्न, ९ प्रतिशत सेयर पारित

प्राइम कमर्सियल बैंकको १५ औं साधारणसभा सम्पन्न, ९ प्रतिशत सेयर पारित



काठमाडौं । प्राइम कमर्सियल बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठको सभापतित्वमा कार्की ब्याङ्क्वेट, ववरमहल, काठमाडौंमा बिहीबार सम्पन्न भएको हो ।

सभाले आर्थिक बर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । सञ्चालक समितिले सिफारिश गरे बमोजिम बैंकको चुक्ता पूँजीको ४.९५% का दरले नगद लाभांश र चुक्ता पूँजीको ४% का दरले बोनस सेयर दिने निर्णय भएको छ । चुक्ता पूँजीको ४% का दरले बोनस सेयर दिएपछि बैंकको चुक्ता पूँजी १९ अर्व ४० करोड भन्दा बढि हुनेछ ।

बैंकको नियमावली अनुसार उक्त सभाबाट संस्थापक सेयरधनीहरूको तर्फबाट सञ्चालक पद ३ मा राजेन्द्र दास श्रेष्ठ, उदय मोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक पद २ मा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL