Logo

राष्ट्रिय वाणिज्य बैंकको १७ औं साधारण सभा : चुक्ता पूँजी साढे १५ अर्व पुग्यो, सरकारको खातामा १ अर्ब

राष्ट्रिय वाणिज्य बैंकको १७ औं साधारण सभा : चुक्ता पूँजी साढे १५ अर्व पुग्यो, सरकारको खातामा १ अर्ब



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले बैंकका लगानीकर्तालाई १२ दशमलव ५० प्रतिशत लाभांश (नगद ७.५० प्रतिशत र बोनस सेयर ५ प्रतिशत) सहितको आर्थिक बर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको हो ।

laxmi

साधारणसभाले चुक्ता पुँजीको ७.५० प्रतिशतका दरले हुन आउने १ अर्ब ४ करोड ५५ लाख रुपैंया नगद र ५ प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपैंया बरावरको बोनस सेयर सेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको छ । यसपछी बैंकको कूल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैंया हुने छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष डा.पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए ।

उनले बदलिँदो परिवेश र ग्राहकको चाहनाअनुरूप यस बैंकले आफ्ना सेवा प्रवाहलाई थप परिस्कृत गरी प्रभावकारी र कार्यकुशलतामा अभिबृद्धि ल्याउन विजनेस प्रोसेस रि ईन्जीनियरिङ, सम्पत्ति उपयोगिता योजना, हिसाब मिलान एवं लागत नियन्त्रण परियोजना कार्यक्रम, निष्कृय कर्जा र गैर बैंकिङ सम्पत्तिहरुको उचित व्यवस्थापन, सूचना प्रविधिलाई समय सापेक्ष सुदृढिकरण गर्ने सम्बन्धी कार्यलाई समावेश गरी योजनाबद्ध रुपमा अगाडि बढाइएको बताए ।

साधारण सभामा बैंकका सेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण सेयरधनीहरुको उपस्थिति रहेको थियो । अध्यक्ष डा. पाठकले प्रस्तुत गरेको प्रतिवेदन माथि सेयरधनीहरु डमरु वल्ल्भ घिमिरे, दामोदर प्रसाद घिमिरे, रामगोपाल श्रैष्ठ र अमृतनाथ रेग्मीले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारण राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL