Logo

प्रभु बैंकले सेञ्चुरी बैंक प्राप्ति गरेर शुरु गर्यो एकीकृत कारोबार, चुक्तापूँजी साढे २३ अर्ब बढी

प्रभु बैंकले सेञ्चुरी बैंक प्राप्ति गरेर शुरु गर्यो एकीकृत कारोबार, चुक्तापूँजी साढे २३ अर्ब बढी



काठमाडौं । प्रभु बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले प्राप्ति प्रकृया पुरा गरी आजदेखि एकिकृत कारोबार सुरु गरेका छन् ।

यी दुई कम्पनीबीच गत साउन २५ गते प्राप्ति सम्झौता भएको थियो । प्राप्ति सम्झौता गरेको पाँच महिनामै यी बैंकले एकिकृत कारोबार सुरु गरेका हुन ।

नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ती गर्न पुस १९ गते प्रभु अन्तिम स्वीकृति प्रदान गरेको थियो । नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएसँगै यी दुई बैंकले एकिकृत कारोबार सुरु गरेका हुन् ।

प्रभु बैंकले १ बराबर १ शेयर आदानप्रदान गर्ने सहमति अनुसार सेञ्चुरीलाई प्राप्ती गरेको हो । दुबै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट प्राप्तीका लागि स्वीकृति प्रदान गरिसकेका छन् ।

सेञ्चुरीलाई प्राप्तिपछि बैंकको नाम प्रभु बैंक नै रहनेछ । प्राप्ति पश्चात् बैंकको केन्द्रिय कार्यालय हालको प्रभु बैंकको केन्द्रिय कार्यालय रहेको स्थानी, बबरमहल, काठमाडौंमै रहनेछ । यी दुई बैंक एक भएपछि चुक्तापूँजी रू २३ अर्ब ५४ करोड २४ लाख ८८ हजार पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL