Logo

महासंघ अध्यक्ष गोल्छाले भने – ‘बैंकले नाफा कमाएपछि मात्रै अर्थतन्त्र सबल हुन्छ’

महासंघ अध्यक्ष गोल्छाले भने – ‘बैंकले नाफा कमाएपछि मात्रै अर्थतन्त्र सबल हुन्छ’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकले राम्रो नाफा गरेमात्रै अर्थतन्त्र सबल हुने बताएका छन् । ‘बैंक बलियो भएपछि अर्थतन्त्र सबलता आउँछ, स्थिरता आउँछ, बैंक बलियो हुनु अर्थतन्त्रको लागि मेरुदण्ड हो,’ ग्लोबल आईएमई बैंक र बिओकेको मर्जर कार्यक्रममा बोल्दै उनले भने, ‘बैंकले नाफा गर्नैपर्छ । बैंकले नाफा गरेपछि मात्रै लगानी बढ्छ र अर्थतन्त्र सबल हुन्छ ।’

साथै उनले कार्यक्रममा आर्थिक परिदृश्य चुनौतिपूर्ण समयमा रहेको भन्दै राजस्व घटेको र सोही अनुरुप रोजगारी गुमाउन पुगेको बताए । हाल मुद्रास्फिीर्ति ८ देखि ९ प्रतिशतसम्म पुगेको र जसका कारण मनोबल समेत गिरेको उनले बताए ।

हाल तरलताका साथै आर्थिक सुचकहरुमा केही सुधारका संकेत देखिएको उनको भनाई थियो । ‘तरलतामा सुधार भएको छ, रेमिट्यान्स बढेको छ र व्यापार व्यवसाय सुधार भएको देखिएको छ,’ उनले भने, ‘अब देशको अर्थतन्त्र चलायमान बनाउन सरकारी खर्च बढ्नुपर्छ ।’

जबसम्म सरकारले विकास खर्च बढाउँदैन तबसम्म अर्थतन्त्र चलायमान नहुने उनको तर्क थियो । निजी क्षेत्रलाई लगानीमैत्री वातावरण नबनाइ समृद्धि नआउने भन्दै अबका दिनमा त्यसलाई कसरी लगानी गर्न प्रेरित गर्ने, निजी क्षेत्रलाई कसरी उकास्ने भन्ने विषयमा सरकारले सोच्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL