Logo

दमकमा निर्माणाधीन बाल अस्पतालका लागि मुक्तिनाथ विकास बैंकले ५ लाख सहयोग गर्ने

दमकमा निर्माणाधीन बाल अस्पतालका लागि मुक्तिनाथ विकास बैंकले ५ लाख सहयोग गर्ने



काठमाडौं । मुक्तिनाथ विकास बैंकले पूर्व झापाको दमकमा निर्माणाधीन बाल अस्पतालका लागि ५ लाख आर्थिक सहयोग गर्ने भएको छ ।

बैंकले आफ्नो सफलतापूर्वक १६ वर्ष पुरागरी १७औं वर्षमा प्रवेश गरेको अवसरमा दिगो विकासमा टेवा पुग्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत बाल अस्पताललाई आर्थिक सहयोग गरेको हो ।

उक्त बाल अस्पताल प्रोफेसर एंवम डाक्टर भगवान कोइरालाको अध्यक्षतामा सञ्चालित गैर नाफामूलक संस्था हो । आइतबार राजधानीमा एक कार्यक्रमकाबीच बैंक र काठमाडौं इन्च्युच्युट अफ चाइल्ड हेल्थसँगबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंककातर्फबाट अध्यक्ष भरत राज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL