Logo

ग्लोबल आइएमई र बीओकेको कारोबार २ दिन बन्द, पुस २५ गतेदेखि एकिकृत कारोबार हुँदै

ग्लोबल आइएमई र बीओकेको कारोबार २ दिन बन्द, पुस २५ गतेदेखि एकिकृत कारोबार हुँदै



काठमाडौं। ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डु (बीओके)को कारोबार २ दिन बन्द हुने भएको छ । यी दुई बैंकबीच आगामी २५ गतेबाट एकीकृत कारोबार हुने भएपछि बैंकको तथ्यांक मिलानका लागि शनिबार र आइतबार दुई दिन सेवा अवरुद्ध हुने भएको हो ।

ग्लोबल आइएमई बैंकले बिओकेलाई बराबरी हैसियतमा गाभेको हो । दुई बैंक गाभिएसँगै बैंकको नाम ग्लोबल आइएमइ बिओके हुने सहमति भएपछि राष्ट्र बैंकले यो नामलाई अस्वीकार गरेर ‘ग्लोबल आइएमइ बैंक’नै कायम गरिदिएको छ। अब यही नामबाट कारोबार हुने बताईएको छ ।

यी दुई बैंकबीत मर्जर प्रयोजनका लागि गत असार २ गते प्रारम्भिक सहमति भएको थियो, त्यसपश्चात कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो। बैकको अध्यक्षमा चन्द्र ढकाल र नाम ग्लोबल आइएमई बिओके हुने गरी कार्तिक २८ गते सहमति भएको थियो ।

त्यसबेला सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने बताईएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन्।

मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५.७७ अर्ब, कूल निक्षेप ४ खर्ब, कूल कर्जा ३ खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढि पुग्नेछ । मर्जर पछि बन्ने बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL