Logo

प्राइम बैकले दियो क्यान्सर केयर फाउन्डेसनलाई मोबाइल भ्यान सहयोग

प्राइम बैकले दियो क्यान्सर केयर फाउन्डेसनलाई मोबाइल भ्यान सहयोग



काठमाडौं । प्राइम कमर्शियल बैंकले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई स्तन परीक्षणका लागि आवश्यक यन्त्र उपकरण जडित मोबाइल भ्यान बैंकले सहयोग गरेको छ ।

बैंकका राजेन्द्र दास श्रेष्ठले उक्त रकम फाउन्डेसलाई हस्तान्तरण गरेका हुन् । बैंकले उक्त सहयोगले फाउन्डेसनको कार्यलाई सहजीकरण गर्न र परीक्षणको दायरा बढाउन अपेक्षा गरेको बताएको छ ।

नेपाल क्यान्सर केयर फाउन्डेसनले गाउँ तथा शहरी क्षेत्रमा पनि स्वास्थ्य पहुँच तथा चेतना कम भएका टोल टोलमा पुगेर महिलाहरुमा हुने स्तन र पाठेघर क्यान्सर परीक्षण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL