Logo

प्रभु बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता, बैंकले इलेक्ट्रिक भेहिकल खरिदमा सर्वसुलभ कर्जा दिने

प्रभु बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता, बैंकले इलेक्ट्रिक भेहिकल खरिदमा सर्वसुलभ कर्जा दिने



काठमाडौं । प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग​ प्रालिबीच विद्युतीय सवारी साधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी ट्रेडिङ्ग​ प्रालिका तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

प्रभु बैंक र सिप्रदी ट्रेडिङ्ग​बीच सम्पन्न उक्त सम्झौता अनुसार सिप्रदी टे«डिङ्गबाट ग्राहक महानुभावहरुले टाटा मोटर्स अन्तर्गतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।

हाल बैंकको देशभर रहेको २१७ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL