Logo

एनएमबि बैँकका ग्राहकहरुलाई स्वोनिगा लाउन्जमा सुविधाको साथै विशेष छुट

एनएमबि बैँकका ग्राहकहरुलाई स्वोनिगा लाउन्जमा सुविधाको साथै विशेष छुट



काठमाडौं । एनएमबि बैँक र आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्ज बीच सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार ग्राहकहरुले लाउन्ज सेवाका साथै भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत पेमेन्ट गर्दा अधिकतम २० प्रतिशत सम्मको आकर्षक छुट पाउने व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्ध निर्देशक सुबास श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

अत्याधुनिक बैँकिङ्ग सुविधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैँकले छुटको लागि सहकार्य गरेको जनाएको छ । बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL