Logo

सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच सम्झौता, बैंकका ग्राहकलाई बिशेष छुट

सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच सम्झौता, बैंकका ग्राहकलाई बिशेष छुट



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायणबीच सम्झौता भएको छ । बैंकका कर्मचारी तथा ग्राहकको उपचारका लागि क्यान्सर सेन्टरमा छुट दिनेगरी उक्त सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ प्रयोगकर्ता, अन्य ग्राहक र बैकका कर्मचारीहरुलाई काठमाडौं क्यान्सर सेन्टर, चागुनारायणमा विभिन्न सेवाहरुमा छुट प्रदान गरिने भएको छ । क्यान्सर सेन्टरको थ्रिडी सीआरटी सेवा, आइएमआरटी सेवा, भीम्याट सेवालगायतमा बैंकका सरोकारवालाहरुले छुट पाउने छन् ।

उक्त सम्झौतापत्रमा काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायणका तर्फबाट अध्यक्ष अन्जनी कुमार झा र बैंकको तर्फबाट वाग्मती प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्टले हस्ताक्षर गरेका हुन् ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL