Logo

कामना सेवा विकास बैंक र जोड इनिस्येटिभबीच सम्झौता, दृष्टिविहिन विद्यार्थीहरुलाई सहयोग प्रदान गर्ने

कामना सेवा विकास बैंक र जोड इनिस्येटिभबीच सम्झौता, दृष्टिविहिन विद्यार्थीहरुलाई सहयोग प्रदान गर्ने



काठमाडौं । कामना सेवा विकास बैंक र जोड इनिस्येटिभबीच मङ्सिर २१ गते बुधबार एक कार्यक्रममा सम्झैता गरेको छ ।

यस सम्झौता पश्चात कामना सेवा विकास बैंकले दृष्टिविहिन विद्यार्थीहरुलाई आधारभूत कम्प्युटर ट्रेनिङ्ग प्रदान गर्न आर्थिक सहयोग गर्ने छ । साथै बैंकले दृष्टिविहिनहरुलाई लक्षितगरि ल्याइएको स्वभिमान बचत खाता समेत खोलिदिने छ ।

सम्झौता कार्यक्रममा बैंकका तर्फबाट ब्रान्डिङ्ग प्रबन्ध श्रष्टिना मानन्धर र जोड इनिस्येटिभका संस्थापक सौरभ तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

यसैसँगै आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिककार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL