Logo

राष्ट्र बैंकको अंकुशमा एनआईसी एसिया बैंक, नियमविपरित काम गरेपछि यसपटक पनि लाभांश वितरणमा रोक

राष्ट्र बैंकको अंकुशमा एनआईसी एसिया बैंक, नियमविपरित काम गरेपछि यसपटक पनि लाभांश वितरणमा रोक



काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपटक पनि एनआईसी एसिया बैंकलाई लाभांश वितरणमा रोक लगाउने भएको छ । राष्ट्र बैंक स्रोतका अनुसार एनआईसी एसियाले पूँजी प्रयाप्तता अनुपात नपुर्याएपछि यस पटक पनि लाभांश वितरणमा रोक लगाउन लागेको हो ।

laxmi

अघिल्लो आर्थिक वर्षमा पूँजी प्रयाप्तता अनुपात कायम नगरेको भनेर राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई लाभांश वितरणमा रोक लगाएको थियो । तर आर्थिक वर्ष २०७८।७९ मा पनि उक्त पूँजी कोष कायम गर्न नसकाले सो वर्षको लाभांश वितरण गर्न रोक लगाउन लागिएको हो ।

आब २०७८।७९ को असोज मसान्तसम्म तोकिएको न्यूनतम पूँजी प्रयाप्तता अनुपात साढे ८ प्रतिशत कायम गर्न बैंक असफल भएको थियो । अघिल्लो वर्षको जस्तै गरी सो वर्ष पनि पूँजी कोष कायम हुन नसकेपछि लाभांश वितरणमा रोक लगाइने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

पूँजी प्रयाप्तता अनुपात वर्षभरै कायम गर्नुपर्ने हुन्छ । तर, एनआइसी एसिया बैंकले गत कात्तिक देखि असारसम्म पूँजी कोष कायम गरेको तर पहिलो ३ महिना कायम गर्न नसकेको अवस्था थियो । आक्रामरुपमा कर्जा विस्तार गरेका कारण झण्डै चुक्ता पूँजी बराबरनै डिवेञ्चर जारी गर्दा पनि पूँजी कोष कायम हुन नसकेको हो ।

गत आर्थिक वर्षमा बैंकले बर्ष दिनभर नै कर्जा विस्तार गर्न सकेको छैन । बरु कर्जा घटाएको छ । बैंकले लगानीकर्तालाई दुई आर्थिक वर्षको लाभांश दिने हो भने करिव ३५ प्रतिशत वितरण गर्न सक्ने बैंकको क्षमता रहेको छ । तर, राष्ट्र बैंकको नियमलाई लत्याउँदै आफुखुशी अघि बढ्न खोजेपनि बैंकको प्रगतिमा ब्रेक लाग्न पुगेको छ ।

अब बैंकले दुबै वर्षको वितरण गर्न मिल्ने नाफा रकम जगेडाका कोषमा राख्नु पर्ने हुन्छ । यदि पूँजी पर्याप्तता कायम गरेको खण्डमा चालू वर्षको नाफा समेत जोडेर बैंकले एकसाथ ३ वर्षको मुनाफा सेयरधनीलाई वितरण गर्नुपर्ने हुन्छ । तर यसपटकदेखि राष्ट्र बैंकले खराब कर्जावापतको नोक्सानी रकम ठूलो परिमाणमा व्यवस्था गर्नुपर्ने भएकाले एनआईसी एसिया बैंकका सेयरधनीले प्राप्त गर्ने मुनाफा अनिश्चित बन्दै गएको छ ।

हालै मात्र राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई निमय विपरित कर्जाको ऋणीहरु माथि थोपरिएको प्रिमियमवापतको अर्बौं रुपैयाँ रकम फिर्ता गर्न लगाएपछि सेयरधनीलाई वितरण गर्ने नाफा प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL