Logo

एनएमबि बैंकको लाभांश घोषणा, सेयरधनीले ८.२५ प्रतिशत नगद लाभांशमात्र पाउने

एनएमबि बैंकको लाभांश घोषणा, सेयरधनीले ८.२५ प्रतिशत नगद लाभांशमात्र पाउने



काठमाडौं । एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र०७९ को नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

laxmi

बैंकले हाल कायाम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण गरिने बैंकले जनाएको छ ।

८.२५ प्रतिशतले हुन आउने १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१ रुपैयाँ ६४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव बैंकले गरेको हो । साथै कम्पनीले बोनस सेयर प्रस्ताव गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL