Logo

गरिमा विकास बैंक १६औं वर्षमा, एक्सेस टु अल भन्ने मूल नारालाई आत्मसाथ

गरिमा विकास बैंक १६औं वर्षमा, एक्सेस टु अल भन्ने मूल नारालाई आत्मसाथ



काठमाडौं . काठमाडौं । गरिमा विकास बैंक १६औं वर्षमा प्रवेश गरेको छ । एक्सेस टु अल भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको यस बैंक मंसिर ७ गते स्थापनाकालको १५औं बर्ष पूरा गरि १६औं वर्षमा प्रवेश गरेको हो ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामीण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ । हाल यस विकास बैंकले ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६३ अर्ब रुपैयाँ कर्जा लगानीमा रहेको छ ।

करिब ७ लाख ग्राहकहरुलाई सेवा पु¥याईरहेको गरिमा विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर सन्तोषजनक तथ्य प्रस्तुत गरिरहेको छ । यस विकास बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ र यो वर्ष पनि विभिन्न कार्यक्रम संचालन गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले विगत वर्षहरुमा समेत रक्तदान कार्यक्रमलाई महत्वका साथ निरन्तरता दिदै आएको छ । यसै अवसरमा मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट एवं कोहलपुर (बाँके), बेनी (म्याग्दी), बुटवल (रुपन्देही), वालिङ (स्याङ्जा), पोखरा (कास्की), नारायणगढ (चितवन), मलंगवा (सर्लाही) र चन्द्रगढी (झापा) मा रहेका कलष्टर तथा शाखा कार्यालहरुबाट बृहत रक्तदान कार्यक्रम गरेको बैंकले जानकारी दिएको छ । सो रक्तदान कार्यक्रमहरुमा ६१३ युनिट रगत संकलन भएको बैंकको भनाई छ । यस्तै, बैंकले १६औं बार्षिकोत्सवकै अवसर पारेर क्रेडिट कार्ड सेवा शुभारम्भ पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL