Logo

गरिमा विकास बैंकको लाभांश प्रस्ताव सार्वजनिक, सेयरधनीले १३ प्रतिशत बोनस सेयर पाउने

गरिमा विकास बैंकको लाभांश प्रस्ताव सार्वजनिक, सेयरधनीले १३ प्रतिशत बोनस सेयर पाउने



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७८र७९ को लाभांश शुक्रवार सार्वजनिक गरेको छ ।

कम्पनीको कात्तिक २४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू ४ अर्ब ५९ करोड ८ लाख ७३ हजारको आधारमा १४ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यस वर्ष कम्पनीले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL