Logo

एनएमबि बैंक र युएसआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच लगानी सम्झौता

एनएमबि बैंक र युएसआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच लगानी सम्झौता



काठमाडौं । एनएमबि बैंक लिमिटेड र युएसआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच लगानी सम्बन्धी सम्झौता भएको छ । ग्रिन फाईनान्सिङ्ग, जलवायु फाईनान्सिङ्ग र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन बैंक र युएसआईडी ट्रेड एण्ड कम्पिटिटिभनेससँग सहकार्यको सम्झौता भएको हो ।

laxmi

सम्झौता अनुसार बैंकले दिगो रूपमा लघु, साना र मझौला व्यवसायहरु (एसएमईज्) को लागि वित्तीय पहुँच बढाउने छ । यस सहकार्यले प्रमुख केन्द्रमा रहेको कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरूमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समूदायलाई ऐक्यबद्घ हुन प्रवर्द्धन गर्नेछ ।

युएसआईडी ट्रेड एण्ड कम्पिटिटिभनेस पाँच वर्षको १८.९ मिलियन अमेरिकी डलरको सहयोग हो जसले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, आर्थिक रुपले पिछडिएकाहरुको लागी दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरू बढाउनको लागि विश्वव्यापी पूँजीकरण एकीकृत गर्न सक्षम बनाउँछ र स्थिरतामा सघाउ पु¥उयाउनेछ ।

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट समेत सम्मानित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL