Logo

हिमालयन बैंकद्धारा शिक्षण अस्पताललाई १२ थान बारकोड रिडर र प्रिन्टर सहयोग

हिमालयन बैंकद्धारा शिक्षण अस्पताललाई १२ थान बारकोड रिडर र प्रिन्टर सहयोग



काठमाडौं । हिमालयन बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग गरेको छ । बैंकले चार लाख त्रिपन्न हजार आठ सय चालिस रुपैयाँ बराबरको १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर अस्पताललाई दिएको हो ।

्सो बारकोड रिडर र प्रिन्टर बैंकले अस्पतालको भुक्तानी काउन्टरमा आउने सेवाग्राहीहरु लाई सहजता होस् भन्ने मनसायले एक समारोहबीच प्रदान गरेको हो ।

बारकोड रिडरको कमिले गर्दा भुक्तानी काउन्टरका कर्मचारीहरुले सेवाग्राहीहरुको विवरण पटक–पटक प्रविष्ट गर्नुपर्नाले बढी समय लाग्ने भएको हुँदा उक्त झन्झटबाट मुक्त भई सेवाग्राहीको समय बचत होस् र छिटो सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले बैंकले उक्त समाग्रीहरु प्रदान गरेको हो ।

सहयोगका सामाग्रीहरु बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अस्पतालका कार्यकारी संचालक प्रो. डा. दिनेश काफ्लेलाई हस्तान्तरण गरेका थिए । सो समारोहमा बैंक तथा अस्पतालका अन्य पदाधिकारी एवं कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL