Logo

नेपाल बैंकले ३ महिनामा कमायो ६० करोड ४० लाख नाफा, प्रतिसेयर आम्दानी कति ?

नेपाल बैंकले ३ महिनामा कमायो ६० करोड ४० लाख नाफा, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेपाल बैंकले ६० करोड ४० लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गत आवको सोही अवधिको तुलनामा १९ दशमलव ९७ प्रतिशत कम नाफा आर्जन गरेको जानकारी दिएको हो ।

गत वर्षको यसैअवधिमा बंकले ७५ करोड ४८ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १४.९६ प्रतिशतले बढेर १ अर्ब ९० करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्जसँगै कर्मचारी खर्च पनि बढेको छ । जसका कारण सञ्चालन नाफा १६.४३ प्रतिशतले घटेर ७९ करोड ४० लाख २९ हजार रुपैयाँमा सीमित भएपछि खुद नाफामा गिरावट आएको हो । वितरणयोग्य नाफा भने घटेको छ । वितरणयोग्य नाफा ६५ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

खुद नाफामा गिरावट आएका कारण बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ १२ पैसाले घटेर १६ रुपैयाँ ७७ पैसा (वार्षिक) मा सीमित भएको छ । नेपाल बैंकको प्रतिसेयर नेटवर्थ भने २५० रुपैयाँ ५५ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL