Logo

४५ करोड ११ लाख रुपियाँ खुद नाफा कमाएको माछापुच्छ्रे बैंकको वितरण योग्य नाफा कति पुग्यो ?

४५ करोड ११ लाख रुपियाँ खुद नाफा कमाएको माछापुच्छ्रे बैंकको वितरण योग्य नाफा कति पुग्यो ?



काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०७९र८० को पहिलो त्रैमासमा ४५ करोड ११ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा बैंकले ५६ करोड १५ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।

laxmi

बैंकद्वारा सोमबार सार्वजनिक पहिलो त्रैमासको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा १ अर्ब ५४ करोड ४८ लाख रुपियाँ वितरण योग्य नाफा कमाएको छ ।

बैंकले १ खर्ब ४७ अर्ब ९१ करोड रुपियाँ निक्षेप संकलन गरी १ खर्ब ३३ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको विवरणमा उल्लेख छ । १ अर्ब ४७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने खराब कर्जा अनुपात १.३० प्रतिशत छ ।

बैंकको आधारदर १०.३६ प्रतिशत, स्प्रेडदर ४.१९ प्रतिशत, सीडी रेसियो ८६.४४ प्रतिशत, प्रतिसेयर नेटवर्थ १ सय ४९ रुपियाँ ९० पैसा, प्रतिसेयर आम्दानी २२ रुपियाँ ३० पैसा र तरलता अनुपात २१.४५ प्रतिशत रहेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL