Logo

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो चाडपर्व अफर, पीओएस र क्युआर कारोबारमा क्यासब्याक

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो चाडपर्व अफर, पीओएस र क्युआर कारोबारमा क्यासब्याक



काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतका पर्वलाई मध्यनजर नयाँ अफर ल्याएको छ । बैंकले चाडपर्वलाई लक्षित गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसको माध्यमवाट प्रति कारोबार एक हजार वा सो भन्दा बढीको कार्ड स्वाप गर्दा क्यास ब्याक हुने अफर ल्याएको हो ।

यो योजना आगामी असोज १० गते देखि कार्तिक १३ गतेसम्म लागू हुने छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पीओएस को माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट राष्ट्रिय वाणिज्य बैक कै पीओएस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ ।

यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वापमा ५ प्रतिशत अधिकतम क्यास ब्याक वा ५ सय रुपैयाँ ६ देखी १० पटकको कार्ड स्वाप मा १० प्रतिशत अधिकतम क्यास ब्याक वा ७५० रुपैयाँ वा ११ देखी १५ पटकको कार्ड स्वापमा १५ प्रशितत अधिकतम क्यास ब्याक वा १ हजार मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने छ ।

यसैगरी, आगामी असोज ७ देखि १४ गतेसम्म र कार्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोवाईल बैंकिङ्ग प्रयोग गरी क्युआर स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रशित वा एक सय रुपैयाँ जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL