Logo

एनआइसी एशिया बैंकको मोबाईल बैंकिङ एपमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरु

एनआइसी एशिया बैंकको मोबाईल बैंकिङ एपमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरु



काठमाडौं । एनआइसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाईल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । हाल बैंकका १४ लाखभन्दा बढी मोबाईल बैंकिङ एप प्रयोगकर्ता रहेका छन् ।
मोबाईल बैंकिङ एप प्रयोगकर्ताले मोबाईल बैंकिङ एपमा रहेको क्युआर भुक्तानी गर्ने बिकल्प छनौट गरि स्मार्ट क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्ने छन् । साथै एनआइसी एशिया बैंकमा खाता नभएका ग्राहकहरुले पनि प्ले स्टोर वा एप स्टोरमा गइ एनआइसी एसिया मोबैंक एप डाउनलोड गरि लाईट (वालेट) अकाउन्ट रजिस्टर गरेर पनि सजिलै भुक्तानी गर्न सक्ने छन् ।

यो सुबिधा सुरु भएसंगै एन आइ सी एशिया बैंकको मोबाईल बैंकिङ सेवामा नया आयाम थपिएको छ । साथै स्मार्ट क्युआर मार्फत भुक्तानी लिने ब्यबसायीलाई पनि एन आइ सी एशिया बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ता संग भुक्तानी लिन सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL