Logo

ग्लोबल आइएमई बैंकको धनवृष्टि मुद्दती योजना, २ वर्षमै २ गुणा रकम पाईने

ग्लोबल आइएमई बैंकको धनवृष्टि मुद्दती योजना, २ वर्षमै २ गुणा रकम पाईने



काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ सार्वजनिक गरेको छ ।

उक्त मुद्दती निक्षेप योजनाअन्तर्गत ग्राहकहरुले २ वर्षमै आफ्नो मुद्दती निक्षेप दोब्बर गर्न सकिने छ । यस योजनाअन्तर्गत मुद्दती निक्षेप खाता खोल्नको लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ । २ वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानुपर्नेछ ।

यस योजनामा सहभागिताको लागि न्यूनतम मौज्दात १ हजार रुपैयाँ रहेको छ । आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL