Logo

हिमालयन बैंकलाई ‘एक्सिलेन्स इन पीओएस एक्वायरिंग बिजनेश २०२२’ अवार्ड

हिमालयन बैंकलाई ‘एक्सिलेन्स इन पीओएस एक्वायरिंग बिजनेश २०२२’ अवार्ड



काठमाडौं । विश्व प्रख्यात ब्राण्ड अमेरिकन एक्सप्रे’, जेसीबी, मास्टर्ड एवं भिजा स्विकार गर्ने एकमात्र बैंक हिमालयन बैंकले एक्सिलेन्स इन पीओएस एक्वायरिंग बिजनेश २०२२ अवार्ड प्राप्त गरेको छ ।

laxmi

भिजाद्वारा आयोजित एक समारोहकाबीच प्रमुख अतिथि डिपुटी गर्भनर डा। निलम ढुंगानाले बैंकलाई सो अवार्ड प्रदान गरेकी थिइन् । बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ ।

हिमालयन बैंक नेपालको एक मात्र बैंक हो जसले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्वीकार गर्ने गर्दछ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटीएम, पीओएस तथा इकमर्श गेटवेमार्फत् स्विकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुँदै आइरहेको छ ।

बैंकले प्रदान गरेको विशिष्टिकृत सेवामा आवद्ध भई कार्ड एक्वायरिंग बिजनेश गरिरहेका ग्राहकमा यो सम्मान समर्पित गर्दै यसै महिनाभित्र डिनर्स डिस्कोभर ब्राण्डको स्वीकार्य थप गरिने व्यहोरा बैंकले जानकारी गराएको छ ।

हाल बैंकको १५३ वटा एटिएम, ५५०० भन्दा बढी पीओएस तथा करिब ७०० इकमर्श मर्चेन्टमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL