Logo

बैंक अफ काठमाण्डू र चिकेन स्टेसनबीच सम्झौता, कार्ड वा अनलाइनबाट भुक्तानी गरे १२% छुट पाईने

बैंक अफ काठमाण्डू र चिकेन स्टेसनबीच सम्झौता, कार्ड वा अनलाइनबाट भुक्तानी गरे १२% छुट पाईने



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनबीच सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच बैंक र चिकेन स्टेशनबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुले चिकेन स्टेशनमा १२ प्रतिशतसम्म छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन, महालक्ष्मीस्थान, ललितपुरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १ सय ३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL