Logo

लक्ष्मी बैंकको सीइओमा शाहको निरन्तरता, थपियो ४ बर्षे कार्यकाल

लक्ष्मी बैंकको सीइओमा शाहको निरन्तरता, थपियो ४ बर्षे कार्यकाल



काठमाडौं । लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतमा अजयबिक्रम शाह पुनः नियुक्त भएका छन् । बैंक संचालक समितिले उनलाई पुनः ४ बर्षे कार्यकाल थपेको हो ।

२०७६ कात्तिकमा बैंकको सीईओमा नियुक्त भएका उनको ४ बर्षे कार्यकाल सकिएसँगै पुनः थप गरिएको हो । ३० बर्ष लामो बैंकिङ अनुभव भएका शाहले करियरको सुरुवात स्यान्डर्ड चार्टर्ड बैंकबाट गरेका हुन् । उनले सो बैंकमा १० वर्ष काम गरेका थिए ।

शाहको नेतृत्वमा लक्ष्मी बैंकले आफ्नो छुट्टै छवि निर्माण गरेको छ । हरेक वित्तीय परिसूचकमा अब्बल रहेको लक्ष्मी बैंकले बैंकभित्रबाटै नेतृत्व चयन गर्ने अभ्यास आत्मसाथ गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL